aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

१८ महिने बालकले पाए उपहार स्वरूप यामाहाको मोटरसाइकल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
१८ महिने बालकले पाए उपहार स्वरूप यामाहाको मोटरसाइकल

काठमाडौं । राजधानीको गंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनामा १८ महिले बालकले यामाहाको मोटरसाइकल जितेका छन् । मलले सोमबार एक कार्यक्रमका बीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरेको छ ।

उपहार अन्तरगत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५०सीसीकोे यामाहा एफ जेड एफ आइ भी थ्री मोटरसाइकल जित्न सफल भए । उनी मात्र १८ महिनाका छन् । उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् । 

यसैगरी द्धितिय पुरस्कार काठमाडौंका अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सीसीको एफ जेड एफ आइ भी टु मोटरसाइकल जित्न सफल भए । 

यस्तै तेस्रो पुरस्कार काठमाडौंका अनिरूद्र जंग केसीले यामाहाको १ सय ३३ सीसीको एफ जेड एफ आइ भी टु स्कुटर जित्न सफल भए । यसैगरी चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टीभी जित्न सफल भए भने पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडि टीभी जित्न सफल भए । 

यस्तै छैठौँ उपहारमा  माछापोखरी काठमाडौंका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन् । सान्त्वना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए ।
 

प्रतिक्रिया दिनुहोस