aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मेडिकल कलेजले उडाएको अवैध शुल्क फिर्ता नगरे कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ मंसिर २०७६
मेडिकल कलेजले उडाएको अवैध शुल्क फिर्ता नगरे कारबाही

काठमाडौं ।  गृहमन्त्रालयले मेडिकल कलेजहरुले अवैध रुपमा असुलेको शुल्क फिर्ता फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । सोमबार गृहमन्त्रालयमा शिक्षामन्त्री,महान्यायाधीवक्ता अग्नि खरेल र मेडिकल कलेज सञ्चालकबीचमा भएको छलफलपछि सरकारको यस्तो निर्देशन आएको हो ।   

यसभन्दा पहिला सरकारले मेडिकल कलेजहरुलाई शुल्क फिर्ता गर्न दिएको १५ दिनको अल्टिमेटम सोमबार सकिएको छ । तर, कुनै पनि कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । एक मेडिकल कलेज सञ्चालकका अनुसार मेडिकल कलेज सञ्चालनमा केहिले गरेको गल्तिमा सबैलाई एउटै बास्केटमा राखेर सरकारले हेरेको आरोप लगाए । 

नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थी नै आन्दोलनमा छन् ।

सरकारले मेडिकल कलेजहरुले लिइरहेको शुल्क र अन्य सुविधाका बारेमा राष्टिय सतर्कतकता केन्द्रमार्फत अध्ययन समेत गरेएको थियो । उक्त अध्ययनबाट पनि मेडिकल कलेजहरुले अवैध रुपमा लाखौ रकम उठाइरहेको देखाएको छ । 

विद्यार्थीसँग असुलेको रकम फिर्ता नगरे निजी मेडिकल कलेजलाई ठगी मुद्दा

मेडिकल कलेजको दादागिरी,लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

मेडिकल कलेजको गैरकानुनी शुल्कको ‘जन्मकुण्डली’ प्रम कार्यालयमा

 

प्रतिक्रिया दिनुहोस