aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

 विराटनगर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ ।

विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् । 

यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस