aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। गएराति पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई आज बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।

परीक्षणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको पाइएको छ। एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको गर्दै छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित स्वास्थ्य जाँचका सिलसिलामा प्रधानमन्त्रीलाई बिहानै अस्पताल लगिएको बताएका छन् । यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

प्रधानमन्त्री ओलीले दुइ साता अघि ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। १२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका  प्रधानमन्त्री ओलीले ४ पटक डायलायसिस गराइसकेका छन्। चिकित्सकहरूले उनलाई डायलासिस वा मिर्गौलाको दोस्रो प्रत्यारोपणको विकल्प दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस