aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मालीमा दुई हेलिकोप्टर ठोक्किँदा, १३ फ्रान्सेली सैनिकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० मंसिर २०७६
मालीमा दुई हेलिकोप्टर ठोक्किँदा, १३ फ्रान्सेली सैनिकको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक मालीमा दुईओटा हेलिकोप्टर एकापसमा ठोक्किँदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।

जिहादीविरुद्धको कारबाहीका क्रममा हेलिकोप्टर दुर्घटना भएको फ्रान्सको राष्ट्रपति कार्यालयले जनाएको छ ।

स्थानीय समयअनुसार सोमबार राति सो दुर्घटना भएको हो ।

मालीको उत्तरी क्षेत्रमा सन् २०१२ देखि इस्लामिक लडाकूले चलाएको सशस्त्र संघर्ष अहिले अरु भागमासमेत फैलिएको छ । त्यस क्षेत्रका अधिकांश भाग उनीहरुको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस