aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना

लुम्बिनी । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन गर्न लागेको हो । 

मन्त्रिपरिषद्ले एक सहसचिवको नेतृत्वमा उपसचिवसहित २० जना अध्यागमन अधिकृतको दरबन्दी स्वीकृत गरेसँगै विमानस्थलमा अध्यागमन डेस्क स्थापना हुने अध्यागमनका महानिर्देशक ईश्वरराज पौडेलले बताए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस