aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

विकास बैंकमा मुक्तिनाथको नाफा अधिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
विकास बैंकमा मुक्तिनाथको नाफा अधिक

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका विकास बंैकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। यसले अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बंैकलाई पछि पारेको छ।

हालै सार्वजनिक चालु वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत साउनदेखि असोजसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा करिब ६ प्रतिशतले बढेको छ। बंैकले यो वर्षको पहिलो तीन महिनामा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बंैकले गत आवको सोही अवधिमा २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यसैगरी, कामना सेवा विकास बैंकले चालु आवको पहिलो तीन महिनामा ३० प्रतिशले नाफा वृद्धि गरेको छ। गत वर्ष १४ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको बंैकले चालु अवाको असोज मसान्तसम्म १८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कैलाश विकास बैंकले चालु आवको पहिलो त्रैमासमा १७ करोड पाँच लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा करिब ७ प्रतिशत बढी हो। बैंकले गत आवको सोही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
त्यसैगरी, ज्योति विकास बैंकले चालु आवको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा शतप्रतिशतभन्दा बढी नाफा बढाएको छ। यसको नाफा ११८ प्रतिशतले बढेको छ। गत वर्ष पहिलो त्रैमासमा ६ करोड ३३ लाख रुपैयाँ कमाएको ज्योतिले यसपालि १३ करोड ७९ लाख रुपैयाँ कमाएको हो।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यो वर्षको पहिलो तीन महिनामा ३३ प्रतिशतले नाफा बढाएको छ। बंैकले सो अवधिमा १२ करोड ७४ लाख रुपैयाँ कमाएको छ। यसले पोहोर सो अवधिमा नौ करोड ६३ लाख रुपैयाँ कमाएको थियो।

त्यसैगरी, लुम्बिनी विकास बैंकले पोहोरको भन्दा थोरै बढी नाफा कमाएको छ। गत वर्ष ११ करोड ६३ लाख कमाएको लुम्बिनीले यसपालि ११ करोड ९९ लाख रुपैयाँ कमाएको हो। महालक्ष्मी विकास बैंकको भने थोरै मात्र नाफा बढाएको छ। पोहोर १० करोड ५६ लाख कमाएकोमा यसपालि १० करोड ६८ लाखमात्र कमाएको छ।

गण्डकी विकास बैंकको भने नाफा घटेको छ। पोहोर पहिलो त्रैमासमा १० करोड २७ लाख कमाएको यो बैंकले यसपालि आठ करोड ६९ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

देव विकास बैंकले करिब १३ प्रतिशतले नाफा बढाएको छ। गत आवको पहिलो त्रैमासमा पाँच करोड तीन लाख रुपैयाँ खुद नाफा गरेकामा बैंकले चालु आवको सोही अवधिमा पाँँच करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ।

त्यसैगरी, साँग्रिला डेभलपमेन्ट बैंकले करिब ६५ प्रतिशत नाफा बढाएको छ। बंैकले चालु आवको असोज मसान्तसम्म पाँच करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको सोही अवधिमा तीन करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यो समाचार आजको नागरिक दैनिक प्रकाशित छ । 

 

बैंकको नाम   चालु आवको नाफा गत आवको नाफा
मुक्तिनाथ विकास बैंक २२ करोड ८७ लाख  २१ करोड ७३ लाख
कामना विकास बैंक  १८ करोड ६५ लाख १४ करोड ४ लाख
कैलास विकास बैंक १७ करोड पाँच लाख १६ करोड ४८ लाख
ज्योति विकास बैंक १३ करोड ७९ लाख    ६ करोड १३ लाख
शाइन रेसुङ्गा  १२ करोड ७४ लाख     नौ करोड ६३ लाख
लुम्बिनी विकास बैंक  ११ करोड ९९ लाख   ११ करोड ६३ लाख
महालक्ष्मी बैंक १० करोड ६८ लाख १० करोड ५६ लाख
गण्डकी विकास बैंक ८ करोड ६९ लाख  १० करोड २७ लाख
देव विकास बैंक  पाँच करोड ९६ लाख  पाँच करोड तीन लाख
सांग्रिला डेभलपमेन्ट बैंक पाँच करोड ४८ लाख   तीन करोड ३४ लाख

प्रतिक्रिया दिनुहोस