aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

२५ केजी सुन तस्करी गर्ने राजश्वकाे फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
२५ केजी सुन तस्करी गर्ने राजश्वकाे फन्दामा

काठमाडाैं । जिल्ला  संखुवासभा घर हुने तोप्के भोटे समेतले २५ के.जि. सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा तीस करोड छब्बीस लाख पचास हजार बराबरकाे मुद्दा तर्ता भएकाे छ । राजश्व चुहावट र विदेशी विनिमय अपचलन दुइ कसुरमा संलग्नहरू विरूद्द राजस्व अनुशन्धान विभागले मुद्दा दर्ता गरेकाे हाे ।

राजश्व चुहावट कसुरमा रु. 15 कराेड 13 लाख 25 हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा 15 कराेड 13 लाख 25 हजार समेत जम्मा विगो तीस करोड छब्बीस लाख पचास हजार विगो कायम गरी संखुवासभा जिल्ला अदालत, चैनपुरमा बिहीबार मुद्दा दर्ता गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलिले चेकजाँचको क्रममा तोप्के भोटेको शरिर तथा निजले वोकेको झोलाबाट विना विल विजक लुकाई छिपाइ ल्याउदै गरेको ५ के.जि. सुन बरामद गरी यस विभागमा जिल्ला प्रहरी कार्यालयबाट दाखिला भर्इ अनुसन्धान गर्दा प्रतिवादी तोप्के भोटे, रिन्जीन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे समेतले आपसी मिलेमतो गरी सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको देखिएको तथा एक अर्काको बैक खाता समेत प्रयोग गरी यसभन्दा पहिला पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी पैठारी गरेको देखिएकोले  उनिहरूलाइ प्रतिवादी बनाइएकाे विभागले जनाएकाे छ ।

प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले 25 के.जी. सुनको जम्मा मुल्य रु.15,13,25,000।- (पन्ध्र करोड तेह्र लाख पच्चिस हजार मात्र) लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार बिगो कायम गरी उक्त सुन जफत गरी सोहि ऐनको दफा २३(१) बमोजिम विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन साथै बरामद भएको सुनको भुक्तानी विदेशी मुद्रामा मात्र हुने भएकोले उक्त २५ के.जि. सुन खरिद गर्न प्रयोग भएको जम्मा मुल्य रु.15,13,25,000।- (पन्ध्र करोड तेह्र लाख पच्चिस हजार मात्र) नेपाली रुपैंया बराबर हुने विदेशी मुद्रा अवैध रुपमा विदेशमा भुक्तानी गरेको स्वत: प्रमाणित हुने हुँदा उक्त सुन ल्याउन निज प्रतिवादीहरुले अबैध रुपमा विदेशमा भुक्तानी गरी विदेशी विनिमय अपचलन गरेको देखिएको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ग र दफा १७ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.15,13,25,000।- प्रतिवादीबाट असुल गरी सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम विगोको तेब्बरसम्‍म जरिवानामाग दावीसमेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस