
एजेन्सी । प्रख्यात इ-कमर्श कम्पनी अमेजनले आफुमा प्राप्त अर्डरको सामान केवल ३० मिनेट भित्र ग्राहकको हातमा पुर्याउने उदेश्यका साथ ३५ अर्व अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ । समाचारहरुमा जनाइए अनुसार बजारमा छुट्टीको समयमा ग्राहकको आवश्यकता तुरुन्त पूर्ति गर्ने उदेश्य अनुरुप अतिरिक्त खर्च हुने भएपनि यस्तो योजना अघि सारिएको हो ।
अमेजनको ग्राहक विभागका सीईओ जेफ विल्कका अनुसार अब केहि समयपछि नै यदि ग्राहकसंग ड्रोन फ्लीट छ भने उनीहरुको कुनैपनि अर्डर आधा घन्टामा डेलिभरी गर्न कम्पनी सक्षम हुनेछ। तिब्र गतिमा डेलिभरी गर्न अमेजनले संसारभर फुलफिलमेन्ट सेन्टर स्थापना गरिसकेको छ ।
कम्पनीका अनुसार अमेजन यस्तो रोबोटको टेस्टिंग गरिरहेको छ जो ग्राहकको घरसम्म प्याकेट पुर्याउन सकोस। यहि महिना अमेजनले अमेरिकाको बोस्टन शहरमा रोबोटको डिजाइन र निर्माणको लागि एक प्लान्ट स्थापना गरिसकेको छ । यसप्रकारको ड्रोन बनाउने काम अमेजनले ६ वर्ष अघि नै शुरु गरेको हो । अहिले यो कम्पनीले सेल्फ ड्राइभीङ्ग सवारी साधन निर्माणमा पनि लगानी गरिरहेको हो । साथै कम्पनीले सेल्फ ड्राइभीङ्ग ट्रक निर्माणमा पनि काम गरिरहेको छ ।
सन् २०१२ देखि नै रोबोटिक सिस्टममा रुचि बढेको अमेजनले अहिले पनि मानिसहरुलाई कामदारको रुपमा भर्ति गर्दै आएको छ । तर, एक अध्यान अनुसार सन्ऑ २०३० सम्ममा यसप्रकारको स्वचालित प्रविधि र रोबोटको प्रयोगका कारण संसारमा ३८ करोड मानिसले आफ्नो रोजगारी गुमाउने छन् । उनीहरुले बैकल्पिक काम खोज्नुपर्ने बाध्यता सिर्जना हुने कुरा अध्ययनले दर्शाएको छ ।
प्रतिक्रिया दिनुहोस