aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बलिउडका बप्पी लहरी, किन लगाउँछन् त्यति धेरै सुन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
बलिउडका बप्पी लहरी, किन लगाउँछन् त्यति धेरै सुन ?

 

एजेन्सी । बलिउडमा आफ्नो कलाको माध्यमबाट आम मानिसको दिल जित्ने कलाकारको संख्या धेरै नै छ । त्यसमा पनि 'टेण्ड सेटर' भन्न मिल्ने केहि छन् । जसमध्ये एक हुन्, बप्पी लहरी । बलिउडमा लामो यात्रा तय गरिसकेका उनले संगीत भरेका कतिपय गीतले त तहल्का नै मच्चाईसकेका छन् ।

आज उनको जन्मदिन । त्यसैले यहाँ चर्चा गर्न लागिएको छ उनको बारेमा कुरा गर्दा सँधै अगाडी आउने एक बिषयमा । त्यो हो उनले लगाउने गरेको सुन । त्यसो त उनको फरक संगीतको चर्चा सँधै हुने गरेकै छ । तर, यहाँ उनि किन यतिधेरै सुनका गहना लगाउँछन् भन्ने आम चासोको जवाफ खोजिएको छ ।

बप्पी लहरीको जन्म २७ नोभेम्बर, १९५२ मा भारतको पश्चिम बंगाल राज्यमा भएको थियो । मात्र २१ वर्षको उमेरमा उनले बलिउडमा संगीत दिन शुरु गरेका थिए । उनले सन् १९७३ मा फिल्म नन्हा शिकारीबात आफ्नो करियरको शुरुवात गरेका थिए । तर, उनलाई सन् १९७६मा पहिलो पटक ठुलो सफलता मिल्यो-विशाल आनन्दको फिल्म चलते-चलते मार्फत ।

उनि सन् १९८२ मा आफ्नो करियरको उत्कृष्ट स्थानमा आए मिथुन चक्रवर्तीको फिल्म डिस्को डांसरमा दिएको संगीतको माध्यमबाट । त्यसपछि सफलताको पर्याय बनेका लहरीले नमक हलाल, शराबी, हिम्मतवाला, साहेब, गुरू, घायल र रंगबाज जस्ता फिल्ममा संगीत दिए । सन् २००० पछि पनि उनि फिल्ममा सक्रिय रहे । तर, पहिलेको तुलनामा केहि कम मात्रामा । तरपनि उनले टैक्सी नंबर ९२११, द डर्टी पिक्चर, हिम्मतवाला, बद्रीनाथ की दुल्हनिया र वाए चीट इंडिया लगायतका फिल्ममा संगीत भरे ।

बप्पी लहरी सुनको कारणपनि धेरै चर्चामा छन् । सँधै धेरै सुनका गहना लगाउने उनलाई एक अन्तर्वार्तामा त्यसको कारणबारे सोध्दा बताएका थिए - हलीवुडमा एलविस प्रेस्लीले सँधै सुनको सिक्री लगाउने गर्छन् म उनलाई धेरै नै मन पराउंछु ।  त्यस बाहेक म सँधै सोच्ने गर्थें कि यदि जीवनमा सफल भएँ भने आफ्नो एक अलग्गै छवी निर्माण गर्ने छु । भगवानको लिला नै मान्नुपर्छ कि म यति सुन पहिरिन सक्ने भएँ । सुन मेरोलागि सौभाग्यको कुरा हो ।

अर्को रोचक कुरा यो छ कि बप्पिको भन्दा पनि उनकी श्रीमतीसंग बढी सुन छ । उनको सम्पति विवरण हेर्दा के देखिन्छ भने बप्पिसंग ७५४ ग्राम सुन छ जवकि उनकी श्रीमतीसंग ९६७ ग्राम सुन छ । उनीसंग ४.६२ किलो चांदी पनि छ । उनि पत्नीसँग चाहिं ८.९ केजी सुन छ । बप्पी प्रायजती लकेट लगाउन मन पराउँछन् । उनको गलामा गणेशको लकेट सँधै झुन्डिरहेको हुन्छ । त्यसबाहेक उनि आकर्षक सिक्री र  ब्रेस्लेट पनि लगाउँछन् । 

प्रतिक्रिया दिनुहोस