aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जुवातास खेल्ने ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६
जुवातास खेल्ने ६ जना पक्राउ

काभ्रे । बनेपा नगरपालिका ६ रातोमाटेस्थित ज्ञान बहादुर लामाको घरबाट ६ जना जुवा खेल्नेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई  नगद ७३ हजार ८ सय रुपैयाँ, १ बुक तास र १६ थान कौडा सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस