aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सामाजिक सुरक्षा कोषदेखि बहाना बनाएर भाग्न पाइँदैनः उप–प्रधानमन्त्री पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ मंसिर २०७६
सामाजिक सुरक्षा कोषदेखि बहाना बनाएर भाग्न पाइँदैनः उप–प्रधानमन्त्री पोखरेल

काठमाडौं । नेपाल सरकारले गत मंसिर ११ गते नयाँ बेहुली भित्र्या झैं गरि ‘नयाँ युगको शुरूवात’ भन्दै  योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरूवात गरेको आज १ वर्ष पूरा भएको छ । 

सामाजिक  सुरक्षा कोषमा हालसम्म रोजगारदाता १ हजार ४ सय ७७ र योगदानकर्ता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भएका छन् । कोषमा हालसम्म १८ करोड १३ लाख २ हजार ७ सय ८१ रुपैयाँ योगदान रकम संकलन भएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । 

सामाजिक सुरक्षा कोषको १ वर्ष पुरा भएको घोषण गर्दै उनले भने‘ परिवर्तन भनेको कठिन र चुनौति हुन्छ । यो योगदानमा आधारित  सामाजिक सुरक्षा कोषमा सद्भाव राख्दा भविष्यमा सहज हुनेछ’ । हाल सम्म कोषमा ६९ जिल्ला समेटिएको छ भने आश्रित परिवारका सामाजिक सुरक्षा दाबी २ परिवारले गरेका छन् । 

सामाजिक सुरक्षा कोषमा सबै भन्दा धेरै प्रदेश नं. ३ का रोजगारदाता र योगदानकर्ता समाबेस भएको कोषले जनाएको छ । प्रदेश नं. ३ मा ७ हजार ४६रोजगारदाता र ८७ हजार २ सय ४२ जना योगदानकर्ता समाबेश भएका छन् । कोषमा समाबेश हुने सबै भन्दा न्युन कर्णाली प्रदेश रहेको छ यस प्रदेशका रोजगारदाता १०५ र योगदानकर्ता १५० जना कोषमा समाबेश भएको तथ्याङकले कोषले सार्वजनिक गरेको छ । 

उप प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले दिगो विकास लक्ष्य अन्तर्गत २०३० सम्म गरिबि निर्मुल पार्ने लक्ष्य राखेको बताए । 

उनले भने ‘सरकारले लिएको यो नीतिमा आउदिन भन्न पाइँदैन बहाना बनाएर भाग्न पाइँदैन । श्रमिक र उद्योग प्रतिष्ठान दुवै राज्यका लागि उतिकै महत्व पूर्ण पक्ष हो । श्रमिकको उचित मुल्य र लगानिको उचित प्रतिफल पाउनुपर्छ’ 

हामीले थालनी गरेको योजनाको कार्यन्वनबाट श्रमिकको जिवनमा अनिश्यताको अन्त्य भई सुनिश्तयता कायम रहने बताए । 

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजना कार्यन्वयनले श्रमिक र प्रतिष्ठानको उत्पादन बढ्न गई आर्थिक सामाजिक सुधार हुने बताए । उनले भने ‘सामाजिक सुरक्षा योजनाले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्न पनि सहयोग पुर्याउने छ ।’ 

मन्त्री यादवले औपचारिक क्षेत्रबाट शुरु भएको सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्र र स्वरोजगारलाई पनि समेट्दै लगिने बताए । 
यादवले श्रमिक तथा रोजगारदाताई यसमा सहभागी गराई सुरक्षित भविष्य सुनिश्त गर्न आग्रह समेत गरे ।


 

प्रतिक्रिया दिनुहोस