aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
प्रधानमन्त्री चिकित्सकको निरन्तर निगरानीमा

काठमाडौं । १२ वर्ष अघि प्रत्याराेपण गरेकाे मिर्गाैलाले राम्राेसँग काम नगरेपछि ४ पटकसम्म डायलाइसिस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको एक्कासी एपेन्डिसाइटिसकाे अपरेशन गरे पश्चात स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका ओली ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा उपचाररत छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै प्रमको सवास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाएका हुन् । उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित चिकित्सकको निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।

बुधबारबाट कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय गर्ने चिकित्सकहरुले बताएका छन् ।

मंसिर १० गते बिहान पेट दुखेर अस्पताल लगिएका प्रधानमन्त्री ओलीको विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण पश्चात एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए ।

प्रधानमन्त्री ओलीको फेरि मिर्गौला प्रत्यार्पण गर्ने तयारी समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस