aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
एक महिनामै एक लाख करोड भारु सम्पत्ति थपियो

मुकेश अम्बानीको कम्पनीले शेयर बजारमा रेकर्ड कायम गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
मुकेश अम्बानीको कम्पनीले शेयर बजारमा रेकर्ड कायम गर्यो

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इण्डष्ट्रिजले भारतको शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार कम्पनीले मार्केट क्याप १० लाख करोड भारु पार गरेसँगै रेकर्ड कायम गरेको होे । 
बिहीबार प्रतिशेयर १५७९ भारुमा कारोबार हुँदै कम्पनीको कुल बजार मूल्य १० लाख करोड भारु हुने पहिलो भारतीय कम्पनी बन्न सफल भएको हो । कम्पनीले एक महिनाको अवधिमा एक लाख करोड बजार मूल्य वृद्धि गरेको समाचार एजेन्सीले जनाएका छन् ।
रिलायन्सपछि टाटा कन्सटेन्सी सर्भिसको कुल बजार मूल्य ७.८१ लाख करोड भारु रहेको छ । तेस्रो स्थानमा एचडीएफसी बैंकको ६.९६ लाख करोड भारु चौथोमा हिस्दुतान युनिलिभर कम्पनीको ४.५० लाख करोड भारु र पाँचौमा एचडीएफसी कम्पनीको ४ लाख करोड भारु कुल बजार मूल्य रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस