aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पाँच लाख करोड सम्पत्ति हुने पहिलो भारतीय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ मंसिर २०७६
पाँच लाख करोड सम्पत्ति हुने पहिलो भारतीय

एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी पाँच लाख करोड भारु रुपैयाँ बराबरको  सम्पत्ति हुने पहिलो भारतीय व्यापारी बन्न सफल भएका छन् । रिलायन्स इन्डस्ट्रिजको बजारपुँजीकरण विहीबार १० लाख करोड भारुभन्दा बढी भएको छ ।

 रिलायन्स कम्पनीको शेयरमा भइरहेको उछालका कारण १५ हप्तामा मुकेश र उनको परिवारको नाममा रहेको शेयरको मुल्यमा ४५ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
गत सेप्टेम्बर महिनामा रिलायन्सको प्रमोटर तर्फको शेयरहोल्डिङ २.७६ प्रतिशतले वृद्धि हुँदा रिलायन्सको होल्ड ५०.०५ प्रतिशत पुगेको थियो ।

रिलायन्स इन्डस्ट्रिजको विगत पाँच वर्षमा शेयरमा २१७ प्रतिशतले वृद्धि भएको थियो विहीबार मात्र रिलायन्सको शेयर १५७५ रुपैयाँको नजिक पुगेको छ । मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजका ठूला प्रमोटर समेत हुन । 

रिलायन्सपछि सबैभन्दा बढी भ्यालुएसन भएको कम्पनी टाटा कन्सल्टेन्सी सर्भिस हो । यो कम्पनीको १५ दिनकोबीचमा ५५ प्रतिशत र सेन्सक्समा ४० प्रतिशतले वृद्धि भएको छ । रिलायन्स इन्डस्ट्रिज १० लाख करोड भारुको शेयर बजारमा पुँजीकरण सबैभन्दा बढी भएको कम्पनी बनेको छ । ब्लूमवर्ग बिलिनेयरिज इन्डेक्समा मुकेश अम्बानीलाई सबैभन्दा धनी भारतीयको सूचीमा राखेको छ । 

ब्लूमवर्ग बिलिनेयरिजका अनुसार अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ ११२ अर्ब डलरसम्म पुगेको छ । माइक्रोसफ्टका संस्थापक विल गेटसको सम्पत्ति १११ अर्ब डलर, फ्रान्सीसी कारोबा। बनार्ड अर्नालटको सम्पत्ति १०४ अर्ब डलर, शेयर बजारका बाद शाह अमेरिकन नागरिक वारेन वफेटको सम्पत्ति ८६ अर्ब डलर, फेसबुकका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति ७६ अर्ब डलर, भारतीय धनाड्या मुकेश अम्बानीको सम्पत्ति ६० अर्ब डलर पुगेको उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस