aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उच्च अदालतका नासु ३ लाख घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ बैशाख २०७६
उच्च अदालतका नासु ३ लाख घुससहित पक्राउ

अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत तुलसीपुरका टाइपिस्ट (नायबसुब्बा)लाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

घुसवापतको तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा नायवसुब्बा कृष्णकुमार पाठकलाई रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस