नयाँ दिल्ली (भारत) । भारत विश्वको सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा यथावत देखिएको छ । सन् २०१८ मा ७८ अर्ब ६० करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याउँदै भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मलुकमा यथावत देखिएको हो । अन्तरराष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले सार्वजनिक गरेको ‘वर्ल्ड माइग्रेशन रिपोर्ट २०२०’ ले सन् २०१८ मा पनि भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक बन्न सफल भएको हो ।
प्रतिवेदन अनुसार सन् २०१८ मा भारतले भित्र्याएको रेमिट्यान्स ३ वर्षअघिको तुलनामा १४ प्रतिशत बढी हो । सन् २०१८ मा भारतले विश्वभरको समग्र रेमिट्यान्समा ११ दशमलव ४ प्रतिशतको हिस्सा ओगटेको छ । यो वर्ष विश्वभर समग्रमा विभिन्न मुलुकले ६ खर्ब ८९ अर्ब डलरको रेमिट्यान्स भित्र्याएका थिए । सबैभन्दा बढी रेमिट्यान्स भिœयाउने मुलुकको सूचीको दोस्रो स्थानमा रहेको चीनले सो अवधिमा ६७ अर्ब ४१ करोड डलर रेमिट्यान्स भित्र्याएको थियो । यो समग्र रेमिट्यान्सको ९ दशमलव ८ प्रतिशत हो ।
त्यस्तै यो सूचीको तेस्रो स्थानमा रहेको मेक्सिकोले गत वर्ष ३५ अर्ब ७० करोड डलर रेमिट्यान्स भित्र्याएको हो । ३ वर्षअघिको तुलनामा यो ३५ दशमलव ९ प्रतिशतले बढी हो । समग्र रेमिट्यान्समा भने उसको हिस्सा ५ दशमलव १ प्रतिशतको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकम प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस