aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ढुक्क भएर नपिउनुहोला, यस्तो ठाउँमा हुन्छ जारकाे पानी प्रसोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
ढुक्क भएर नपिउनुहोला, यस्तो ठाउँमा हुन्छ जारकाे पानी प्रसोधन

काठमाडौं। ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारका पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।

पर्याप्त प्रशोेधनबिनै पानी बजारमा पठाइएको पाइएको छ । त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो ।

अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले यस्ता कम्पनीका सम्बन्धमा प्रशासनमा उजुरी परेको र अनुगमन भइरहेको बताए । यो समाचार आजको राजधानी दैनिकम प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस