
काठमाडाैं । साताको सुरूआतदेखि नै ओरालो लागेकाे सुनकाे मूल्य साताकाे अन्तिम दिन उकालाे लागेकाे छ । आज (शुक्रबार) सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार रुपैयाँमामा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला आठ सय ५५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस