
काठमाडौँ । सत्तारुढ प्रमुख दल नेकपाका कार्यकारी अध्यक्ष चीनका राष्ट्रपतिको भारत भ्रमणको बेला उनीहरुले कुराकानीका क्रममा छलफल गरेको ’टु प्लस वान’को अवधारणा आफुलाई उपयुक्त नलागेको बताएका छन् । नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो भनाई राखेका हुन् ।
आर्थिक समृद्धि बिना अन्य कुराहरु हाँसिल गर्न गाह्रो हुने बताउंदै उनले भने, ‘नेपालको आर्थिक विकासको लागि त्रिदेशीय साझेदारीको रणनीतिको कुरा म बिगत देखि नै गर्दै आएको छु । बिस्तारै बिस्तारै यस्तोखालको सम्बन्धको लागि वातावरण बन्दै गएको र नेपालको पनि त्यसमा एउटा स्वामित्व सहितको राष्ट्रको रुपमा सहभागिता बारे सकारात्मक छलफल हुन् थालेको छ ।’ उनले अगाडी थपे,’ यधपी, पछिल्लोचोटि चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रिको बिचमा बातचित हुँदा त्रिदेशीय साझेदारीको रणनीति अन्तर्गत ‘टु प्लस वान’ भन्ने शब्द प्रयोग भएको छ । यो ‘टु प्लस वान’ भन्ने शब्द जसरी प्रयोग भएको छ र यसले जे अर्थ बोक्न खोजेको छ त्यो मलाई त्यति उपयुक्त हो भन्ने लागेको छैन ।’
प्रचण्डले हामी बिचको सम्बन्ध त्रिपक्षीय नै हुनुपर्ने कुरामा जोड दिएका थिए । ‘टु प्लस वान’ भन्दा ’टु’ चाहिं अर्कै अलिक बिशेष अधिकार प्राप्त भन्ने र ‘वान’ चाहिं त्यसमा सामान्यरुपले जोडिएको भन्ने अर्थ लाग्छ भन्ने उनको तर्क थियो । यसकारण त्रिपक्षीय समझदारी र सहकार्यले मात्र नेपाल, भारत र चीनको समान हैसियत पुष्टि गर्ने कुरामा उनले जोड दिएका थिए ।
'यसरी मात्र आर्थिक विकास र पूर्वाधार विकासको आधार बन्न सक्ने प्रचण्डको धारणा रहेको थियो । नेपाल दुई मुलूक बीचको ’ट्रान्जिट पोइन्ट’ मात्र बन्नु हुँदैन बरु समग्र रणनीतिक प्रक्रियामा स्वामित्व सहितको सहभागी राष्ट्रको रुपमा परिभाषित हुँदामात्रै त्यसले खेल्ने भूमिका दीर्घकालिक, रणनीतिक र महत्वपूर्ण हुनसक्छ ।’,प्रचण्ड नेपालको स्थान खोज्ने उदेश्यले बोले ।
संचारमाध्यमहरुलाइ पनि यसरी नै कुरा सार्वजनिक गरेर यसका पक्षमा जनमत सिर्जना गर्न उनले आग्रह गरे । नेपाल, भारत र चीनका जनता बीच जनस्तरमा त्रिपक्षीय सम्बन्धलाइ स्थपित गर्न सकियो भने त्यसले नेपालको उन्नतिमा ठुलो भूमिका खेल्छ भन्ने बिश्वास उनको रहेको देखिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस