aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नक्कली भ्याट बिल प्रयोग गर्ने दुई जना विरुद्ध ८७ लाख ७७ हजारको मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
नक्कली भ्याट बिल प्रयोग गर्ने दुई जना विरुद्ध ८७ लाख ७७ हजारको मुद्दा दायर

काठमाडौं । मुल्य अभिवृद्धि कर (भ्याट) र नक्कली विल बनाएर सरकारलाई ठगी गर्ने दुई जनालाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । प्रभा इन्टरप्राइजेज र जिपिएस ट्रेडर्सका सञ्चालकहरु रामप्रसाद चौलागाई र रामकृष्ण ढकालविरुद्ध छयासी लाख सतहत्तर हजार चार सय रुपैयाँ विगो दावी सहितको मुद्दा विभागले काठमाडौं जिल्ला अदालतमा दायर गरेको हो  ।

प्रभा इन्टरप्राइजेजले ५९ लाख ४ हजार ९३८ रुपैयाँ विगो सहित र जिपिएस ट्रेडर्सले २७ लाख ७२ हजार ४ सय ९४ रुपैयाँ कर छली गरेको आरोपमा विभागले मुद्दा दायर गरेको छ । काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका-११ मा  स्थायी बस्ने राम प्रसाद चौलागाईको प्रभा इन्टरप्राईजेज राजस्व चुहावट गरेको अभियोगमा ५९ लाख ४ हजार ९ सय ३८ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी गरि बुधबार  मुद्दा दर्ता गरिएको  छ।

त्यस्तै काभ्रे जिल्ला चौरीदेउराली गउँपालिका वडा नं -५ मा  स्थायी बस्ने रामकृष्ण ढकालको  जि. पि. सि ट्रेडर्सले  राजस्व चुहावट गरेको अभियोगमा  २७ लाख ७२ हजार ४ सय ९४  रुपैयाँ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी सहित बुधबार मुद्दा दर्ता गरिएको छ ।

 प्रभा इन्टरप्राईजेज (स्थायी लेखा नं. ३०४४२३४००) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरी मु.अ.कर तर्फ रु. १७,२६,५७५।- आयकर तर्फ रु. ४१,७८,३६३।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. ५९,०४,९३८।- (अक्षरेपि उनान्साठ्ठी लाख चार हजार नौ सय अठतीस मात्र) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले  प्रभा इन्टरप्राईजेजका प्रोप्राईटर राम प्रसाद चौलागाईलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. ५९,०४,९३८- असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०८।११ गते मुद्दा दर्ता गरेकाे विभागले जनाएकाे छ ।

जि.पि.सि. ट्रेडर्स (स्थायी लेखा नं. ३०२७५३४५७) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको जनाएकाे छ । उनिहरू बिरूद्द राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरी मु.अ.कर तर्फ रु. ,३३,५१२।00 आयकर तर्फ रु. २०,३८,९८२।00 राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. २७,७२,४९४।00 (अक्षरेपि सत्ताइस लाख बहत्तर हजार चार सय चौरान्नब्बे) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले जि.पि.सि. ट्रेडर्सका प्रोप्राईटर रामकृष्ण ढकाललाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा (१) र (३) वमोजिम विगो रकम रु. २७,७२,४९४।- असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी राजश्व अनुसन्धना विभागले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस