aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रचण्डको चिन्ता: भारत र चीन मिलेर लिपुलेक हडप्ने पो हुन् की !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
प्रचण्डको चिन्ता: भारत र चीन मिलेर लिपुलेक हडप्ने पो हुन् की !

काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले भारत र चीन मिलेर लिपुलेक लैजाने पो हुन् की भन्ने चिन्ता व्यक्त गरेका छन् । 'कतै लिपुलेकको सन्दर्भमा त 'टु प्लस वान' लागु हुने होइन',  शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफ्नो आशंका सार्वजनिक गरे । 

त्यसैले जुनसुकै दार्शनिक विचारबाट निर्देशित भएपनि राष्ट्रको भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताका बिषयमा निरन्तर जनमत तयार राख्नुपर्ने  बताएका  हुन् ।  नेपालको भौगोलिक अखण्डताको रक्षाको लागि सबैलाई एक जुट हुन् पनि उनले आग्रह गरेका छन् ।

लिपुलेक, कालापानी आदिको बिषयमा सुदृढ एकताको  माग गर्दै उनले बिगतमा चीन र भारतले लिपुलेकबारे सम्झौता गर्दा तुरुन्तै आफुले दिल्ली र बेइजिङ्गमा त्यसको बिरोध गर्दै कुरा उठाएको पनि प्रचण्डले दाबी गरे ।  उनले भने, 'त्यो बेला लिपुलेकको कुरा आएकै बेलामा मेरो चीन र भारत भ्रमणको अवसर जुटेको थियो । मैले नेपालसंग कुनै परामर्श नै  नगरी दुइटा देशले मात्र गर्ने कुरा थियो त भनेर गम्भीर ध्यानाकर्षण गराएँ ।'

यो पनि पढनुहोस्- भारत र चीनको ‘टु प्लस वान’ मलाई ठिक लागेको छैन: प्रचण्ड​

अहिले देखिएको सिमा चुनौतीलाई अवसरको रुपमा उपयोग गर्न सकिने उनको तर्क थियो । सिमा मिचिएको सम्बन्धमा राष्ट्रिय एकताको वातावरण बनेकोमा उनले खुसि व्यक्त गरेका छन् । सो, एकताको सदुपयोगमा उनले जोड दिए ।

ठुला-ठुला बसेर सहमति गर्ने र सानाको कुरा नसुनिने पो हो की भन्ने आशयमा उनले खवरदारीलाई जोड दिएका थिए । सिमा समस्या सामाधानको लागी अहिलॆ भारत र नेपाल दुबैतिर बलियो सरकार रहेको कारण दिर्घकालिन सामाधान खोज्नु पर्ने र यी अवसरलाई प्रयोग गर्नु पर्नेमा प्रचण्डले जोड दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस