aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भन्सार छली ल्याउदै गरेको कपडा बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
भन्सार छली ल्याउदै गरेको कपडा बरामद

काठमाडौं ।  महोत्तरी जिल्लाको सम्सी सिमानाका शसस्त्र प्रहरीको गस्ती टोलीले १ लाख ६५ हजार बराबरको कपडा बरामद गरेको छ ।
सम्सी शसस्त्र प्रहरीको गस्ती टोलीले सम्सी गाउँपालिका वडा नं ४ को पिलर नं १६ को नजिक लुकाइ छिपाइ राखेको अबस्थामा कपडा बरामद गरिएको हो । बरामद गरिएको कपडाको बजार मुल्य लगभग १ लाख ६५ हजार रहेको छ ।

 शसस्त्र प्रहरी निरिक्षक नमराज पुडासैनीको टोलीले भन्सार छली भारत बाट नेपाल तर्फ ल्याउदै गरेको कपडा सिमानाकामा लहरीको बोटमा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको हो । बरामद गरिएको कपडालाई भन्सार कार्यालय जलेसर पठाइएको कुरा शसस्त्र प्रहरी निरिक्षक पुडासैनीले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस