aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

९० हजार घुससहित प्रहरीका इन्सपेक्टर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ मंसिर २०७६
९० हजार घुससहित प्रहरीका इन्सपेक्टर पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग लिएको घुससहित इन्सपेक्टर रामकिशोर साह ९० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्याल्यबाट खटिएको टोलीले साहलाई घुस लिँदा लिँदै जनकपुरबाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस