
भक्तपुर । भक्तपुर जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्य क्षेत्र नं. १ मा हुने उप-निर्वाचनको दिन निर्वाचन हुने क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाईएको छ ।
भक्तपुर जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ प्रदेश सभा सदस्य क्षेत्र नं. १ मा मिति २०७६।०८।१४ गते हुने उप-निर्वाचनको सुरक्षालाई मध्यनजर गरी मिति २०७६।०८।१३ गते राती १२:०० बजे देखि मिति २०७६।०८।१४ गते बेलुकी ०९:०० बजे सम्मका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेकाे हाे ।
उक्त निशेधित क्षेत्रहरूमा एम्बुलेन्स, शव-बाहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट स्वीकृत सवारी पास प्राप्त गरेका सवारी साधन बाहेकका सम्पुर्ण सवारी साधनहरुलाई प्रवेशमा रोक लगाईएको जारी सूचनामा उल्लेख छ ।
सवारी आवागमनमा रोक लगाईएका स्थान र नाकाहरु :-
प्रतिक्रिया दिनुहोस