aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतका लागि फेरि अर्को निरासाजनक खबर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ मंसिर २०७६
भारतका लागि फेरि अर्को निरासाजनक खबर

काठमाडौं । आर्थिक मन्दीमा फसेको भारतीहरुको लागि गत शुक्रबार फेरि निरासाजनक खबर आएको छ । चालु आर्थिक वर्ष २०१९–२० को दोस्रो त्रैमासको विकासदर तथ्यांकमा भारतको जिडीपीको वृद्धि ४.५ प्रतिशतमात्र आएको छ । 

भारतको पछिल्लो तथ्यांका विषयलाई लिएर भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले एक ट्वीट गर्दै चिन्ता व्याख्त गरेका छन् । उनले आफ्नो ट्वीटमा भनेका छन्, “भारतको जीडिपी वृद्धि ८देखि ९ प्रतिशत हुन पर्ने हो ।”

पूर्वप्रधानमन्त्री सिंहले आर्थिक नीति मात्रै बदलेर आर्थिक अबस्था नसधर्ने समेत बताएका छन् । उनले भारतीय अर्थब्यबस्थालाई माथि उकास्न आत्मविश्वसको वातावरण बनाउन पर्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस