aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

उपनिर्वाचन २०७६ : डोटीमा नेकपा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
उपनिर्वाचन २०७६ : डोटीमा नेकपा विजयी

काठमाडौं । आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । छ । उनले कूल ६८६ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत ल्याएका थिए । कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुघटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस