aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेकपाका श्रेष्ठ विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
नेकपाका श्रेष्ठ विजयी

लमजुङको सुन्दरबजार नगरपालिका– २ मा वडाध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नवीनकुमार श्रेष्ठ विजयी भए । श्रेष्ठले ४४२ मत प्राप्त  गरे । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश सेढाइले ४४२ मत प्राप्त गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाका अनुसार दुई हजार २९७ मतदाता रहेको सो वडामा ६६ दशमलव ३ प्रतिशत अर्थात एक हजार ५२३ मत खसेको थियो । खसेको मतमध्ये १२ मत बदर भएको उनले बताए । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । 

प्रतिक्रिया दिनुहोस