
काठमाडौं । आजबाट सुरु हुने १३ औँ दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गर्दै राजधानीको रिङ रोडमा मङ्सिर १५ र २४ गतेका दिन जोर बिजोर प्रणालीमा सवारी सधन चल्ने भएको छ ।
माहानगरिय ट्राफिक प्रहरी महाशाखाले सागको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त व्यवस्थित र सुरक्षित बनाउने बताउँदै १५ गते बिजोर र २४ गते जोर अङ्क भएका सवारी साधन मात्र सञ्चालन हुने जनकारी दिएको छ ।
उक्त दिनहरूमा भाडामा सञ्चालन हुने सवारी साधन साथै निजी सवारी साधन (मोसा) समेतमा यो नियम लागु हुने महाशाखाले बताएको छ । जोर र बिजोर गाडीको अन्तिम अङ्कका आधारमा लागु हुने छ ।
प्रतिक्रिया दिनुहोस