
काठमाडौं । उपनिर्वाचन अन्तर्गत शनिबार सम्पन्न मतदानको मतपरिणा आउनेक्रम जारी छ । हालसम्म ३९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगकाअनुसार विभिन्न ५२ पदका लागि भएको उपनिर्वाचनमा हालसम्म ३९ वडामा वडाध्यक्षका लागि भएको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । जसमा नेकपा २२, काँग्रेस ११, राजपा तीन र समाजबादी पार्टी तीन स्थानमा विजयी भएका छन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर (क), धरान उपमहानगरपालिकाको प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।
प्रदेशसभा सदस्य बागलुङ क्षेत्र नम्बर २ (ख) र दाङ प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (ख) को मतगणना आज सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस