aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मलाई बलात्कार गर्योे भन्ने २ महिला जेल चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
मलाई बलात्कार गर्योे भन्ने २ महिला जेल चलान

धनगढी । जिल्ला अदालत कैलालीले जबरजस्ती करणी (बलात्कार)को झुटो आरोप लगाउने २ महिलालाई जेल चलान गरेको छ ।

झुटो मुद्दा मुद्दा लगाएर प्रतिवादीलाई फसाउन खोजेको तथा अदालती सयमको अवमूल्यन गरेको अभियोगमा जिल्ला अदालत कैलालीले २ महिलालाई जेल चलान गरेको हो ।

जिल्ला अदालत कैलालीका न्यायाधीश बाबुकाजी बानियाँको इजलाशले बलात्कारको मुद्दा दायर गर्ने महिलालाई जेल चलान गर्ने फैसला सुनाएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५ का दशरथ चौधरीमाथि जवर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गर्ने महिलालाई १ महिना कैद सजाय सुनाइएको छ ।

यस्तै, कैलालीकै गौरीगंगा नगरपालिका–२ का श्याम गौतममाथि बलात्कारको आरोप लगाउने महिलालाई २ महिना कैद सजायको फैसला भएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस