
पोखरा । एकमात्र प्रतिनिधिसभा सिट कास्की २ मा नेकपाले आफ्नो सिट जोगाउने निश्चित भएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टराईको जित निश्चित भएको हो ।
निर्वाचन अधिकृतका अनुसार कुल ८ हजार ३६३ मत गन्न बाँकी छ । त्यसमा विद्या भट्टराईले कांग्रेसका खेमराज पौडेललाई ८ हजार ५ सय भन्दा बढी मतले जितेकी छिन ।
विद्याले २० हजार ७७९ मत प्राप्त गर्दा खेमराजको १२ हजार २५९ मत मात्रै पाएका छन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको क्षेत्रमा उनकी श्रीमति विद्याले उनले जितेकोभन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ । उक्त क्षेत्रमा अन्य राजनीतिक दल समाजवादीको १ हजार ५०३, साझा पार्टीका उम्मेदवराले ६२६ र राप्रपाका उम्मेदवारले १०६० मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस