काठमाडौं । बलात्कारकोे आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहदुर गिरलिाई प्रहरीले नर्सिङहोमको आइसियूबाटै पक्राउ गरेको छ । प्रहरीले उपचारको क्रममा सुनसरी स्थिति नर्सिङहोमको आइसियूमा भर्ना भएका गिरीलाई विहान ४ बजे पक्राउ गरेको हो ।
बलात्कार आरोपी गिरीलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजे पनि उनका अनुयायी भन्नेहरुले अवरोध गरेपछि प्रहरीले पक्राउ गर्न सकेको थिइन । पक्राउबाट बच्चलाई विराट नर्सिङ होममा हृदयघात भएको बाहाना बनाएर आईसीयूमा भर्ना भएका थिए । उनीमाथि आफ्नै अनुयायी बलात्कार गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस