
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइतबार सूचीकृत भएको छ । संस्थाको शेयर मुल्य न्यूनतम १०१ रुपैयाँदेखि ३०१ रुपैयाँ सम्म कारोबार हुने भएको छ।
आइतबार नेप्सेमा स्पर्श लघुवित्त आठ लाख २९ हजार ६३० कित्ता शेयर सूचीकृत भएको छ। संस्थाले गत फागुन २६ देखि साधारण शेयर निष्कासन गरेको थियो। सर्वसाधरणका लागि संस्थाले दुई लाख ६९ हजार कित्ता शेयर निष्कासन गरेको थियो।
प्रतिक्रिया दिनुहोस