aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पुस २० गते १५ प्रतिशत लाभांश पारित गर्दै चिलिमे जलविद्युत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ मंसिर २०८०
पुस २० गते १५ प्रतिशत लाभांश पारित गर्दै चिलिमे जलविद्युत

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २० गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । प्रस्तावित कुल १५ प्रतिशत लाभांशलाई पनि सभाले अन्तिम रुप दिनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रूपैयाँको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीले अघिल्ला दुई आर्थिक वर्षपछि कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । पछिल्ला तीन आर्थिक वर्ष कम्पनीले निरन्तर १५ प्रतिशत लाभांश वितरण गरेको हो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ । अघिल्ला दुई आर्थिक वर्ष कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

उल्लेखित प्रस्तावसँगै सञ्चालक समितिमा रहने दुई जना स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । त्यस्तै सर्वसाधारण समुहबाट एक जना महिला सहित चार सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस ५ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


 

प्रतिक्रिया दिनुहोस