
काठमाडाैं । मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको मागेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको छ ।
लामो समयदेखि अवरुद्ध मलेसिया रोजगारीका लागि गएको अक्टुबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो । पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको हो ।
प्रतिक्रिया दिनुहोस