aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ओमनको रोजगारीमा जानेले अब पैसा तिर्न नपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
ओमनको रोजगारीमा जानेले अब पैसा तिर्न नपर्ने

काठमाडौं । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् ।

बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन् । विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट  
 

प्रतिक्रिया दिनुहोस