aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

श्रम शोषणमा परेकी हिरा कुमारीको उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
श्रम शोषणमा परेकी हिरा कुमारीको उद्धार

काठमाडौँ ।  रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । 

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै  कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेतलगायत निजको उद्धारमा लागेका थिए । 

कुवेतबाट नेपाल फर्कनुभएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छिन् । खाडीमुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल हुनुभएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए । करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिईन । 

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारको लागि अपिल गरेको उनले बताइन । रासस 

प्रतिक्रिया दिनुहोस