
काठमाडौं । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश नं ३ को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
प्राधिकरण व्यवस्थापनले बुधबार प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत रहेका ६ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग डिभिजन कार्यालय प्रमुख केदारराज सिलवालले कार्यसम्पादन सम्झौता गर्नु भएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरुले सम्झौता गर्नु भएको छ ।
प्राधिकरण व्यवस्थापनले यसअघि प्रदेश नं १, २ र ३ का प्रादेशिक कार्यालयका प्रमुख र कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखसँग सम्झौता गरिसकेको छ ।
हेटौंडा डिभिजन कार्यालय अन्तर्गत प्रदेश नं ३का चितवन, मकवानपुर र सिन्धुलीका २ लाख ५० हजार ग्राहक छन् ।
प्रतिक्रिया दिनुहोस