aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रसुवागढी हाइड्रोपावरले स्थानीयलाई शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
रसुवागढी  हाइड्रोपावरले स्थानीयलाई शेयर दिने

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको सातांै वार्षिक साधारण सभा  बिहीबार सम्पन्न भएको छ ।  कर्मचारी र सर्वसाधारणलाई आईपीओ जारी गरेको कम्पनीले अब स्थानीयबासिदाका लागि जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर जारी गर्नेछ ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले रसुवा जिल्लामा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । हाल कम्पनीको चुक्तापुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार कायम भएको छ । संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फ ४९ शेयर स्वामित्व रहेको छ । २०७७ आसार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको यस आयोजनाबाट बार्षिक  ६१ करोड ३८ लाख ७५ हजार विद्युत उत्पादन गरी बार्षिक रू. ३ अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस