aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनसेलद्वारा सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
एनसेलद्वारा सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण

काठमाडौं । एनसेल प्रालिले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार एक कार्यक्रमका बीच २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीमध्ये एक हुन् । 

 कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता  २ लाख नगद र प्रत्येक महिना  १० लाख नगद जित्ने मौका पाउँछन् ।  योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस