aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । 
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याएवापत कार्यकारी निर्देशक घिसिङलाई नाष्ट प्रविधि पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ । 
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गर्नुभयो । 
नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नाष्टले आफ्नौ ३७ औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो । 
नास्टका प्राज्ञ प्राडा जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस