काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो दोस्रो वार्षिकत्सवको अवसर पारेर राजधानीको सिभिल मलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 
रक्तदान कार्यक्रममा कम्पनिका महाप्रबन्धक शिव राम तिमिल्सना लगायतका करिब ५० जना कर्मचारी,अभिकर्ता तथा सर्बसाधारणले रक्तदान दिएका छन् । रक्त सञ्चार केन्द्रहरुमा रगतको अभाव भइरहेका बेला कम्पनीले रक्तदान कार्यक्रमको आयोजना गरेको कम्पनिका महाप्रबन्धक शिव राम तिमिल्सनाले बताए । 
सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तिका लागि देशभर शाखा सञ्जाल विस्तार गर्दै र जीवन वीमा सेवाबाट वन्चित अधिकतम नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
सानिमा लाईफ इन्स्योरेन्स सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुको समुहद्धारा प्रवद्र्धन गरिएको नयाँ जीवन बीमा कम्पनि हो ।
प्रतिक्रिया दिनुहोस