_20231206162518.jpg)
काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमए डब्लु कमार्सिअल भेईकलले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
टंगालस्थित बतास एमएडब्लुका तर्फवाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एमएडब्लु कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल , उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा काठमाण्डौँस्थित बतास एमएडब्लुको मुख्य कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सकिने कम्पनीले दावी गरेको छ ।
क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लुबीच कारोबार हुनेछ ।
दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने कम्पनीले बताएको छ । यसका साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने तथा छिट्टै मर्मतसम्भार सकेर आफ्नो गाडी सडकमा लिएर निस्किन सक्ने अवस्था हुन्छ । योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले बताए ।
यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बीमा उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकहरूको आवश्यकतालाई महसुस गर्दै यस किसिमका समयस मपेक्ष कार्यक्रम ल्याउने गरेकै कारण आजको दिनमा आइशर नेपालसहित विश्वबजारमा ग्राहकको पहिले रोजाई बन्दै आइरहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस