
काठमाडौं । गुरास लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड यसै हप्ता हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार २५ वा २६ गते बाँडफाँड गर्न तयारी गरेको जनाएको छ ।
गुराँस लघुवित्तले वैशाख १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ विक्री गरेको थियो । यस आईपीओमा २ लाख ८७ हजार ३८२ जना आवेदकबाट ५३ लाख २७ हजार ४८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो मागभन्दा २२.८० गुणा बढी आवेदन हो ।
कम्पनीले कुल २ लाख ५० हजार कित्ता आइपिओ मध्य ३ हजार ८ सय ७५ कित्ता शेयर कर्मचारीको लागि र १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई विक्री गरेको हो । ढिलो अवधि जेठ १४ गतेसम्मको मिति रहे पनि माग भन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्रनै विक्री बन्द भएको थियो ।
३ करोड रूपैया भन्दा कमको सार्वजनिक निष्कासन भएकाले यस आईपीओको क्रेडिट रेटिङ गरिएको छैन् । हाल ५ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ बाँडफाँट पश्चात ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । चालू आवको चैत मसान्त सम्ममा कम्पनीले ६९ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस