aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा लाईफका ग्राहकले विराट हस्पिटलमा विशेष छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
सानिमा लाईफका ग्राहकले विराट हस्पिटलमा विशेष छुट पाउने

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहकले  विराट हस्पीटलमा विशेष छुट पाउने भएका छन् ।  सानिमा लाईफ इन्स्योरेन्स र विराट हस्पिटबीचमा  ग्राहकहरुलाई स्वास्थ्य परिक्षण शुल्कमा छुट सम्वन्धि संझौता भएको छ ।

 विराट हस्पीटल, विराटनगरमा आयोजीत एक कार्यक्रमका विच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र हस्पीटलको तर्फ बाट प्रशाशक  पदम वीनाडीले सो संझौतामा हस्ताक्षर गर्नु गरेका थिए ।

  उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट मुख्य प्रबन्धक  गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक  राजन निरौला तथा विराटनगर शाखा प्रमुख  सन्तोष आचार्य समेतको उपस्थीति रहेको थियो । संझौता अनुशार सानिमा लाईफ इन्स्योरेन्सका वीमा प्रस्तावकहरुले प्रि मेडिकल चेकअफ  गर्दा विशेष छुट तथा नगद रहित सुवीधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस