aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्राइम लाईफले दियो अभिकर्तालाई तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
प्राइम लाईफले दियो अभिकर्तालाई तालिम

अर्घाखाँची । प्राइम लाईफ इन्स्योरेन्सले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरीएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाइ प्रदान गरीएको हो ।

 सम्पुर्ण नेपालीलाइ बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आÏना अभिकर्ताहरुलाइ नियामकको तालिम तालिका बमोजिम विशेष महत्वका साथ तालिम प्रदानगरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना पुर्योउने कम्पनीले जनाएको छ । 

तालिम यहि मंसीर १९, २० र २१ गते ३ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनिका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा तालिम सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा व्यवसाय अधिकृत, वरिष्ठ बजार प्रतिनिधि लगाएतले  विमाको मार्केटिङ गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका थिए ।

 कम्पनीका ७४ जिल्लाका १४५ भन्दाबढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए । तालिममा अर्घाखाँचीका बिभिन्न पदमा रही यस वर्ष उत्कृष्ठ कार्य गर्ने पुराना अभिकर्ताहरुको सम्मान समेत गरीएकोे थियो, उक्त कार्यक्रम अर्घाखाँची कार्यालयका सहायक अमृत थापाले  सहजिकरण गरेका थिए ।  


 

प्रतिक्रिया दिनुहोस