aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ग्रिनहिल सिटी समाज मुलपानीको प्रथम साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ मंसिर २०७६
ग्रिनहिल सिटी समाज मुलपानीको प्रथम साधारणसभा

काठमाडौं । ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६ मुलपानी काठमाडौंको प्रथम वार्षिक साधारणसभा पूर्व प्रधानमन्त्री  माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपालले ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको बताए । 

समाजका अध्यक्ष  बिश्वराज पौडेल(किरण)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम कोषाध्यक्ष ईश्वर उप्रेतीले संचालन गरेका थिए । अध्यक्ष पौडेलले समग्र समाजको प्रगति विवरण पेश गरेका थिए ।   बि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भईरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो । 

करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । साधारण सभामा कार्य प्रगति प्रतिवेदन, आय ब्यय विवरण, भावि योजना लगायतका विभिन्न प्रस्ताबहरु पारित भएका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।

साधारण सभामा कागेश्वरी मनोहरा नगरका प्रमुख कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाल, गोकर्णेश्वर नगर वडा नम्बर ७ का अध्यक्ष  केशब गुरुङ्ग, ग्रिनहिल सिटी कम्पनीका प्रतिनीधि लगायत समाजका सदस्यहरको भब्य उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस