aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषिमन्त्रीद्धारा सातवटै प्रदेशका कृषिमन्त्रीसँग भेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
कृषिमन्त्रीद्धारा सातवटै प्रदेशका कृषिमन्त्रीसँग भेट

काठमाडौं । संघीय कृषिमन्त्री घनाश्याम भूषालले आइतबार सातवटै प्रदेशका कृषिमन्त्रीसँग भेट गरेका छन् । मन्त्रालयमा पत्रकारसंग कुरा गर्दै मन्त्री भूषालले सात वटै प्रदेशका मन्त्रीहरूले समन्वयको अभाव महसुस गरेको बताएका हुन् । 

भेटमा मन्त्रीहरुबीच स्थायी रुपले समन्वय सहकार्य गर्ने छलफल भएको उनले प्रस्ट पारे । कुनै न कुनै मेकानिजम बनाएर संघीय सरकारको समन्वयमा अघि बढ्ने उनले विश्वास व्यक्त गरका छन् । 

अब मन्त्रालय पारदर्शी हुने बताउँदै मन्त्री भूषालले हरेक चिजलाई कसैको विवेकबाट नभई विधिबाट चल्ने बताए । उनले भने, “हामी राज्य बदल्न खोज्छौँ तर कृषि प्रक्रिया बद्लिएको छैन ।“ बजेटलाई प्रभावकारी बनाउन यथाशक्य प्रयत्न गर्ने उनले दाबी गरे । स्थायी रुपमा समन्वय र सहकार्य बनाउन सक्छौ कि सक्दैनौं भन्ने बिषयमा भने कुरा भइरहेको छ । हालसम्म कृषि क्षेत्रमा तथ्याकंहरुमा पनि समन्वय नदेखिएकै कारण लक्ष्य प्रभावित भइरहेको उनले आरोप लगाए ।  
 

प्रतिक्रिया दिनुहोस