aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मिस पुर्वान्चलको प्रतियोगीलाई शिष्टाचार र डाईनिङ्ग एट्टीच्युड तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
मिस पुर्वान्चलको प्रतियोगीलाई शिष्टाचार र डाईनिङ्ग एट्टीच्युड तालिम

धरान ।  आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता  मिस पुर्वान्चलको दस्रो संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ  ।

प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका ,बस्ने तरिका र कति मात्रामा खाने संगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धि विशेष तालिम दिईएको थियो । दुर्इ दशकदेखि नै होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल राख्ने  प्रशिक्षक गगन श्रेष्ठले मिस पुर्वान्चलको सुरुवाती दिनदेखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिदै आएका छन  ।

प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्प्रधिहरू फिनालेको ट्रेनिंगमा ब्यस्त छन् संगसंगै उनीहरुलाई धरान हेल्दी होमका सीइओ सुप्रिया माझीले हेल्थ टिप्स , बिपीकेआइएचएस का ऐनाटोमी डिपार्टमेन्टका डा . सरुन कोइराला र डा . सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारको प्रकारहरु बारे प्रशिक्षण दिएका थिए  । त्यस्तै पत्रकार देबेन्द्र कार्कीले कन्फ़िडेन्ट लेभल कसरि बढाउने भन्ने बारे जानकारी दिएका थिए  ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन,  बराह ग्रुपको प्रस्तुति , ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको को सह (प्रायोजनमा  तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९को बिभिन्न सब टाइटलको लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइदैछ ।

प्रतिक्रिया दिनुहोस